जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले २० प्रतिशत कोभिड १९ उपचारका लागि वेडहरु नछुट्याउने निजी अस्पतालहरुको पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले एक तिहाई वेड कोरोना उपचारका लागि छुट्याउने मेडिकल कलेजहरुलाई पीसीआर परीक्षण गर्न अनुमति दिने जानकारी गराउनुभयो । हरेक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई कोभिड उपचारका लागि वेडहरु छुट्याउन मन्त्रालयले यस अघि नै निर्देशन दिइसकेको छ ।अस्पतालमा जँचाउन आउने जोकोही बिरामी पनि कोभिड संक्रमित हुनसक्ने र उनीहरुलाई तत्काल रिफर गर्न गाह्रो हुने भएकाले निजी अस्पतालहरु कोभिड १९ उपचारबाट भाग्न नहुने प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । अहिले सकारी अस्पतालहरु भरिभराउ भएको र संक्रमित बढ्दै गएकाले निजी अस्पतालहरुको पनि कोभिड बिरामी उपचार गर्नुपर्ने उत्तरदायित्व भएको प्रा.डा. गौतमको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

