नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौँको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र उसले प्रयोग गरेका सरसामान कसरी सङ्क्रमणमुक्त पार्ने भन्ने बारेमा अन्योल देखियो । जसका कारण छरछिमेकसमेत घर नजिक जान डराए ।
यो मात्र होइन अचेल मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताउनुभयो। सङ्क्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा निषेधाज्ञाको आदेश दिएको छ । तथापि अस्पताल आउजाउमा रोक लगाइएको छैन । त्यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, पानी लगायतका पसल पनि निश्चित समय खोलिने गछन । तर मानिसले आफू घरभित्रै बसे पनि आफ्नो वरपर प्रयोग गरिएका वस्तु जथाभावी फाल्ने क्रम नरोकिएको वातावरणविद् शर्मा बताउनुहुन्छ । सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको उहाँ बताउनुहुन्छ । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा मानिसले नबुझेको उहाँ सुनाउनुहुन्छ ।
त्यस्तै यतिबेला अस्पतालजन्य फोहोर व्यवस्थापन पनि उही परम्परागत ढङ्गमा नै विसर्जन हुनु सङ्क्रमण फैलाउने अर्को चुनौती बनेको दाबी उहाँको छ । यसले हरेक दिन घर, टोलसँगै अस्पतालबाट फोहोर सङ्कलन गर्ने व्यक्ति सबैभन्दा उच्च जोखिममा परेका छन् ।अस्पतालबाट ठोससँगै तरल फोहोरबाट पनि कोरोना भाइरस बाहिर समाजको सम्पर्कमा पुगेको अनुमान उहाँ गर्नुहुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पनि फोहोर तथा सङ्क्रमणयुक्त मास्कबाट कोरोना भाइरस सर्न सक्ने जोखिम रहेको स्वीकार गर्नुहुन्छ तर मास्क मुखबाट हटेको आठ घण्टामा भाइरस मरिसक्ने दाबी उहाँले गर्नुभयो । यो बीचमा कसैको सम्पर्कमा सङ्क्रमितले प्रयोग गरेको मास्क आउन नदिने उपाय अपनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । उहाँका अनुसार बिरामीले प्रयोग गरेको ओढ्ने, ओछ्याउने तथा प्रयोग गरेका सामग्रीमा पनि लामो समय भाइरस रहँदैन तर बिरामीको सम्पर्कमा रहनेले सावधानी अपनाएर मात्र त्यस्ता चिजबिज छुनुपर्ने उहाँले सुझाउनुभयो । अस्पतालजन्य फोहोरबाट कोरोना सङ्क्रमण मात्र होइन हेपाटाइटिस ‘बी’ लगायतका अन्य विभिन्न रोग सहजै मानिसमा सर्न सक्छन् । त्यसकारण अस्पतालजन्य फोहोर व्यवस्थापनमा यतिबेला विशेष ख्याल गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
कोरोना भाइरस एक जीवित जीव हो । त्यसैले यो जीवित जीवमा नै रहन मन पराउँछ । अझ विश्वव्यापी अध्ययनले मानिसबाट मानिसमा मात्र सर्ने भन्ने पत्ता लगाएकाले पनि सङ्क्रमित मानिस र उसले प्रयोग गरेका सामग्रीबाट टाढै रहनुपर्ने हुन्छ ।दैनिक फोहोर उठाउने र ढलनलमा काम गर्ने कामदारले सुरक्षित हुने लामो बुट, बलियो ठूलो पञ्जा, राम्रो मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामग्री जथाभावी फाल्नुभन्दा पनि निसङ्क्रमण गरेर मात्र फाल्ने वा प्रयोग गर्नुपर्छ । सावधानी साथ घाममा सुकाउने गर्दा पनि भाइरस मरेर जाने भएकाले ओसमा नराखी घामको प्रयोग गर्न सकिने डा. गौतमले बताएको कुरा गोरखापत्रमा छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२ट्रेन्डिङ
