नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार, एक साताभित्र देशभरका सबै स्थानीय तहमा एक चिकित्सकसहित पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइने छ । मुलुकमा अझै पनि ६४९ स्थानीय निकायमा अस्पताल छैनन् ।
मन्त्रालयले छोटो अवधिमै करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ । वार्षिक तीन सय करिब चिकित्सक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्छन् । अस्पताल सञ्चालन गर्न ६४९ चिकित्सक र एक हजार २९८ नर्सलगायतका जनशक्ति आवश्यक भएको जनाइएको छ । आवश्यक चिकित्सक र नर्स करारमा भर्ना गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । प्रत्येक स्थानीय तहमा पाँच शय्या गरी ६४९ स्थानीय तहमा तीन हजार २४५ शय्या थपिएको जनाइएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमातहतका अस्पतालमा ६ हजार २०१ शय्या थप्ने निर्णय भएको छ । प्रत्येक पालिकामा कम्तीमा १५ शय्याको अस्पतालका लागि यसअघि नै अधिकांश पालिकाले पूर्वाधार तयार गर्ने क्रममा छन् । तर पूरा हुनसकेको छैन । हाल प्रदेश मातहत ७५ वटा अस्पताल छन् । ६८ जिल्ला अस्पताललाई प्रदेश मातहतको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ । त्यसैगरी कोशी, सगरमाथा, जनकपुरधाम, बुटवल, धनगढी, महेन्द्रनगर र बाग्लुङका साविकका अञ्चल अस्पताल प्रदेश मातहत छन् । प्रदेश मातहतको अस्पतालमा ५० देखि २५० शय्यासम्म उपलब्ध छन् ।
प्रदेशमा एक हजार ९५७ शय्या थपिएको छ । भरतपुर, नारायणी, कोशी डडेल्धुरासहित काठमाडौँ उपत्यकाभित्रका केन्द्रमातहतका अस्पतालमा एक हजार शय्या थपिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

