नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित श्री न्यू हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासेमाथि सोमबार दिउँसो स्थानीय युवाको एउटा समूहले हातपात गरेको घटनाप्रति रसायन तथा मेडिकल आपुर्ति संघले गम्भिर ध्यानाकर्षण गराएको छ । संघले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घटना गर्ने उपर छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै वडा कार्यलय त्रिपुरेश्वर, टोल विकास समिती, ब्वाइज युनियन क्लबका प्रतिनिधिसंग छलफल गरी निश्चित समयवधि भित्र सरकारले लागु गरेको स्वास्थ्यका मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न सबै सदस्यहरुलाई आग्रह गरेको र सोहि अनुसार पसल सञ्चालन हुँदै आएको संघका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-'निश्चित समयावधी भित्र पसल सञ्चालन गर्नुपर्ने भएता पनि ग्राहकहरुको चापले गर्दा पसल बन्द गर्न केहि ढिला भएकोमा पसल बन्द गर्न अनुरोध गर्न सकिने अवस्था हुँदा हुँदै उहाँमाथि हातपात गरिएको देखिएको छ ।'
कोरोनाभाइरस रोकथाम एवं उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रिको कारोबार गर्ने व्यवसायि माथि भएको हातपातको घटनाले सम्पुर्ण स्वास्थ्य व्यवसायिहरुनै आतंकित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।विज्ञप्तीमा भनिएको छ-'आफ्नो ज्यानको समेत परवाह नगरी कोरोना रोकथामका लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने क्रममा भएको घटना निन्दनिय छ । त्यस्तो कार्य नगर्न नगराउन समेत अनुरोध गर्दछौँ ।'
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ

