नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित श्री न्यू हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासेमाथि सोमबार दिउँसो स्थानीय युवाको एउटा समूहले हातपात गरेको घटनाप्रति रसायन तथा मेडिकल आपुर्ति संघले गम्भिर ध्यानाकर्षण गराएको छ । संघले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घटना गर्ने उपर छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै वडा कार्यलय त्रिपुरेश्वर, टोल विकास समिती, ब्वाइज युनियन क्लबका प्रतिनिधिसंग छलफल गरी निश्चित समयवधि भित्र सरकारले लागु गरेको स्वास्थ्यका मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न सबै सदस्यहरुलाई आग्रह गरेको र सोहि अनुसार पसल सञ्चालन हुँदै आएको संघका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-'निश्चित समयावधी भित्र पसल सञ्चालन गर्नुपर्ने भएता पनि ग्राहकहरुको चापले गर्दा पसल बन्द गर्न केहि ढिला भएकोमा पसल बन्द गर्न अनुरोध गर्न सकिने अवस्था हुँदा हुँदै उहाँमाथि हातपात गरिएको देखिएको छ ।'
कोरोनाभाइरस रोकथाम एवं उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रिको कारोबार गर्ने व्यवसायि माथि भएको हातपातको घटनाले सम्पुर्ण स्वास्थ्य व्यवसायिहरुनै आतंकित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।विज्ञप्तीमा भनिएको छ-'आफ्नो ज्यानको समेत परवाह नगरी कोरोना रोकथामका लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने क्रममा भएको घटना निन्दनिय छ । त्यस्तो कार्य नगर्न नगराउन समेत अनुरोध गर्दछौँ ।'
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२ट्रेन्डिङ

