जनस्वास्थ्य सरोकार । कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ।
एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो।यसका साथै बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी, विरामी, विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ। बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो।वीरगन्जको एक निजी अस्पतालमा तलवभत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
