जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएकोमा क्षेत्रिय रोग परिक्षण केन्द्रमा गरिएको परिक्षणमा उहाँलाइ कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ ।
केही समय अघि प्रहरीसंगका् सम्पर्कमा रहेका उहाँले प्रहरीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ परेका सांसदमा कोरोना पुष्टि भएको हो ।
उहाँ अहिले पोखरास्थित आफ्नै डेरामा हुनुहुन्छ । उहाँले बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटनु भएको थियो । मुख्यमन्त्रीसँग भेट गर्न जानु भएकोमा व्यस्तताका कारण समय मिलेको थिएन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको जानकारी दिनु भयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

