जनस्वास्थ्य सरोकार, डोटी । अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्। उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो।
यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्।संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो।
वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्। अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ। पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरेको छ।
अध्ययनकर्ताले के पाए?
अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो । अध्ययनको नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक थेरै प्रभावकारी भएको बताइन्। विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्याएको बताइएको छ। तर अरू मात्रा दिँदा विषको असर बढेको थियो।

अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन्। मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ। स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ।
के यो अध्ययन भविष्यमा उपयोगी हुन्छ?
बुधवार पश्चिम अस्ट्रेलियामा प्रमुख वैज्ञानिकले यो अध्ययनलाई उत्साहजनक भने। प्राध्यापक पिटर क्लिन्केनले भने, "यसले प्राकृतिक यौगिको मिश्रणलाई मानिसका रोगलाई उपचारमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ।" तर अन्यले मौरीको विष क्यान्सरको उपचारको औषधि बन्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अध्ययन आवश्यक पर्ने बताएका छन्।
"यो प्रारम्भिक कदम हो," सहप्राध्यापक एलेक्स स्वार्ब्रिकले भने। "धेरै यौगिकले डिश वा मुसामा स्तन क्यान्सर मार्न सक्छन्। तर ती खोजबाट औषधिका रूपमा प्रयोग हुने अवस्थासँग पुग्न लामो यात्रा गर्नुपर्छ।" बीबीसी
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३
