जनस्वास्थ्य सरोकार, भक्तपुर । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चाकी कोरोना संक्रमित ४० वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । भदौ ३ गते अस्पताल भर्ना भएकी ती महिलाको बुधबार राति मृत्यु भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
मृगौलापीडित ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल लगिएको नगरले जनाएको छ । उनका श्रीमान सहित अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

