जनस्वास्थ्य सरोकार, जुम्ला । चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा.गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् ।
पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको डा.गोविन्द केसीले बताए ।
‘हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपू्र्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ ।’
डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा तर्फबाट हामीले सुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रमहरु सुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकारसमेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागिपरेका छन् ।’
सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुन: सत्याग्रह सुुरु गर्ने पनि डा. केसीले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

