जनस्वास्थ्य सरोकार, काठमाडौं । रुपन्देहीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा न. ८ का ७८ वर्षका पुरुषको शुक्रवार बिहान ९ः ०० बजे लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएपछि भर्ना भएका उनमा संक्रमण पुष्टि भएको हो।
मृतक संक्रमितको अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको थियो। उनलाई ९ दिन देखि भेन्टिलेटरमा उपचाररत भइरहेको थियो।
आजै बिहान बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा भैरहवाकी एक महिलाकोसमेत मृत्यु भएको छ। योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

