जनस्वास्थ्य सरोकार, काठमाडौं । दक्षिण अफ्रिकाका कयौँ स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिदमा भ्रष्ट्राचार अन्त्य गर्न सरकारलाई दबाब दिन स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनकर्मी बिहीबार प्रेटेरिया र केप टाउनमा भेला भएका थिए। उनीहरूले कोरोना महामारीकाविरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीसँग पीपीई नभएकाले तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका छन्। न्यूनतम सर्जिकल मास्क समेत नभएका कारण स्वास्थ्यकर्मीको जीवन खतरामा रहेको उनीहरूले बताएका छन्।
सेप्टेम्बर १० सम्ममा पनि सरकारले माग पुरा नगरे २ लाख स्वास्थ्यकर्मी आन्दोलनमा जाने आन्दोलनको नेतृत्व गरिरहेको द नेशनल एडुकेसन, हेल्थ एन्ड एलाइड वर्कर्स युनियनले चेतावनी दिएको छ।गत डिसेम्बरदेखि फैलिएको कोरानाबाट हाल दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ संक्रमित भइसकेका छन्। जसमध्ये १४ हजार ५६३ को ज्यान गएको छ। त्यस्तै ५ लाख ५४ हजार ८८७ निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ। मृतकमध्ये २४० स्वास्थ्यकर्मी रहेका छन्। एजेन्सी
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
