जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना महामारीको प्रभाव कम रहेको भनिएको न्यजिल्यान्डमा तीन महिनापछि शुक्रबार एक जना संक्रमितको मृत्यु भएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति करिब ५० वर्षीय पुरुष रहेका छन् ।
उनी अकल्यान्ड क्लस्टरका संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । न्युजिल्यान्डमा यसअघि मे २८ मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट न्युजिल्यान्डमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक ह्यारोल्ड ब्लूमफिल्डले कोरोना महामारीविरुद्ध अझ सर्तक भएर लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार दिउँसोसम्म न्युजिल्यान्डमा एक हजार ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक हजार ६ सय ३० जना निको भएका छन् ।
शुक्रबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड ६३ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनको संख्या करिब ८ लाख ६९ हजार रहेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड ७५ लाख निको भएका छन् । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

