नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा मात्र एकै दिन ४ सय ८ जनामा कोेभिड-१९ पुष्टि भएको छ । त्यसमध्ये काठमाडौँमा ३२६, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोभिड १९ पुष्टि भएको हो ।
शनिबार १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमितहरुको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।यसैगरीएकै दिन १ हजार ५ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ६० प्रतिशत अर्थात २७ हजार १२७ ले कोरोना जितेका छन् । आज कोभिडबाट ९ जनाको ज्यान गएको छ । यसरी मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ८० पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी गराउनुभएको छ ।
हाल मुलुकमा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण भएको र सक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

