नेपाल हेल्थ न्युज, नयाँदिल्ली । भारतमा एकै दिन हालसम्मकै उच्च ९० हजार नौं सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा सङ्क्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ । यस्तै एकै दिन एक हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय नाघेको वर्ल्डओेमिटरले जनाएको छ ।
भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् । यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको ज्यान गएको छ । योसँगै अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ ।
जसमध्ये १ लाख ९२ हजारको ज्यान गएको छ भने ३७ लाख ७ हजारभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् । ब्राजिलमा गएको २४ घण्टामा ३१ हजार नयाँ सङ्क्रमित थपिँदा ६ सय १९ जनाको ज्यान गएको छ । योसहित ब्राजिलमा कुल सङ्क्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ । विश्वभर भने हिजो एकै दिन २ लाख ६९ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । एजेन्सी
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

