नेपाल हेल्थ न्युज,कठमाडौँ । कोभिड–१९ ले मानिसको शरीरमा विभिन्न किसिमका असर पुर्याउँछ । कतिपय मानिसमा कुनै पनि लक्षण देखिदैँन । तर केहि मानिसलाई भने हप्तौँसम्म अस्पतालमा राख्नुपर्ने हुनसक्छ । त्यसोभए यो रोगले मानिसको शरीरमा कस्तो असर गर्छ त ?
कोरोनाभाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्दछ । सबैभन्दा पहिला भाइरस शरीरभित्र प्रवेश गरिसकेपछि यसले नाक, घाँटी, श्वासनली र फोक्सोको सतहमा भएका कोषमा बसेर आफ्नो संख्या विस्तार गर्दछ ।
गम्भिर संक्रमण हुँदा बिरामीमा ज्वरो र खोकी देखिन्छ । साथै श्वास फेर्न पनि गाह्रो हुन्छ । यो भाइरसले फोक्सोको रक्तनलीमा क्षति पुर्याउँछ । साथै रगत जम्ने क्रम सुरु हुन सक्छ । फोक्सोमा हुने स–साना कक्षबाट रगतमा अक्सिजन जान्छ । तिनमा जलन वा सुजन भयो भने निमोनिया हुन सक्छ । सिकिस्त बिरामी परेका व्यक्तिलाई अक्सिजन दिनुपर्छ । किनभने फोक्सोमा बिकार र तरल पदार्थ जमेको हुन्छ ।
कोरोनासंक्रमण मुक्त भएका जिमी फ्लोर्स भन्छन् –‘म साँच्चै सास फेर्न सक्दिनथेँ । अक्सिमिटमा अक्सिजनको मात्रा ८८ प्रतिशत मुनि देखियो । जुन एकदमै डरलाग्दो हो । अनि त्यहिबेला मलाई मेरो जीवन जोखिममा परेको छ भन्न लाग्यो । ’कोभिड १९ ले केवल फोक्सोलाईमात्र होइन यसले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई समेत छिन्नभिन्न पारिदिन सक्छ ।शरीरले बनाउने साईटकाईन नामक सूक्ष्म प्रोटीनले संक्रमण पत्ता लगाउँछ । तर कोरोनासंक्रमणले गम्भिर बिरामी परेका व्यक्तिमा यो प्रणाली अतिसक्रिय भईदिन सक्छ । यदि धेरै साइटकाइन उत्पादन भयो भने त्यसरले शरीरका स्वास्थ कोषलाई नै हानी पुर्याइदिन्छ । यसलाई साईटकाईन स्टोर्म भनिन्छ ।
जसले कोभिड–१९ का बिरामी मुर्छा पर्ने वा पूरै कोमामा जाने पनि हुनसक्छ । यसले मस्तिष्कमा विभिन्न समस्या उत्पन्न गराउँनसक्छ । बिरामीलाई मस्तिष्कघात समेत हुन सक्छ । प्रतिरोध प्रणाली अति सक्रिया हुँदा शरीरभित्रै रगत जम्न सक्छ । जसले गर्दा मस्तिष्कमा रगत सप्लाई राम्रोसँग हुन पाउदैँन । फलस्वरुप मस्तिष्कको सुजन, विक्षिप्तता र विस्मृतिजस्ता लक्षणहरु कोभिडका गम्भिर बिरामीमा देखा पर्न सक्छन् ।
औसतमा संक्रमितहरु १४ दिनमा बिरामी पर्न सक्छन् । तर कतिपय मानिसमा लामो समयसम्म लक्षण देखिन सक्छ । सास फेर्न कठिनाइ र थकान केहि ब्यक्तिमा महिनौ सम्म हुन सक्छ ।
कोरोनामुक्त भएकी जुली भन्छिन् -'म लामो समय सम्म हिड्न सक्दिनथेँ, किनभने मलाई सास फेर्न एकदम गाह्रो हुन्थ्यो अनि बसौँबसौँ लाग्थ्यो । पहिला मलाई यस्तो अनुभुति कैले भएको थिएन ।'गम्भिर लक्षण देखिने सम्भावना भएका व्यक्तिमा पाका उमेरका र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्ति छन् । तर कसको शरीरमा के हुन्छ भन्ने कुरा संक्रमण नभइ थाहा हुँदैन । त्यसैले सबैले आफू सुरक्षित रहने उपाय गर्नु राम्रो हो । आफू सुरक्षित हुन तपाईँ कति सतर्क हुनुहुन्छ त ? एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३ट्रेन्डिङ
