जनस्वास्थ्य सरोकार, ललितपुर । कोभिड-१९ कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुबाट मिर्गौला, कलेजो निकाल्ने गरिन्छ भन्ने अफवाह फैलाउने एकजना प्राकृतिक चिकित्सक ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले प्राकृति चिकित्सक सुवास सुब्बा लिम्बुलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।
लिम्बुले एक युट्युब च्यानलमा अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । उनले नेपालमा सरकारमा मगन्तेहरु बसेका र कोरोना भ्रष्ट्राचार गर्ने बहाना भएको उनले बताएका थिए । उनले कोरोना भ्याक्सिन आफूले बनाएको दावीसमेत गरेका छन् । यसरी समाजमा अफवाह फैलाउने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जनाइएको छ ।मुलुकी अपराध संहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

