जनस्वास्थ्य सरोकार, ललितपुर । कोभिड-१९ कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुबाट मिर्गौला, कलेजो निकाल्ने गरिन्छ भन्ने अफवाह फैलाउने एकजना प्राकृतिक चिकित्सक ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले प्राकृति चिकित्सक सुवास सुब्बा लिम्बुलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।
लिम्बुले एक युट्युब च्यानलमा अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । उनले नेपालमा सरकारमा मगन्तेहरु बसेका र कोरोना भ्रष्ट्राचार गर्ने बहाना भएको उनले बताएका थिए । उनले कोरोना भ्याक्सिन आफूले बनाएको दावीसमेत गरेका छन् । यसरी समाजमा अफवाह फैलाउने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जनाइएको छ ।मुलुकी अपराध संहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
