जनस्वास्थ्य सरोकार, काठमाडौं । उपत्यकाको निषेधाज्ञाबारे काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुले भर्जुअल बैठक शुरु गरेका छन् । उनीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकहरुबीच निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्नेबारे भर्चुअल बैठक सुरु गरेका हुन् ।
आज बेलुकासम्म उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकत व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने समाचार माध्यमहरुले जनाएका छन् । काठमाडौं जिल्ला प्रमुख अधिकारी जनकराज दाहालका अनुसार, सो भर्चुअल राय सुझावको आधारमा गृह मन्त्रालयसँग समन्वय हुने छ र सोही अनुसार निषेधाज्ञालाई निरन्तरता दिने वा निधोषज्ञाको स्वरुप परिवर्तन गर्ने बारे निर्णय लिइनेछ । उपत्यकाको निषेधाज्ञा बुधबार रातिबाट सकिदैछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

