नेपाल हेल्थ न्युज, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को कार्यकारी निर्देशक पदमा प्रा.डा. दिनेश काफ्ले नियुक्त हुनुभएकोछ । त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को डीन प्रा.डा. दिव्यासिंह शाहको सिफारिसमा त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले उहाँलाई मंगलबार कार्यकारी निर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
यसअघिका निर्देशक प्रा.डा. प्रेम खड्गाले अनिवार्य अवकाश पाएपछि त्रिविले प्रा.डा. रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक बनाएको थियो । प्रा.डा. काफ्लेले आजै अस्पताल पुगेर पदवहाली गर्नुभएको छ । उहाँको कार्यकाल ४ वर्ष रहनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


