नेपाल हेल्थ न्युज, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को कार्यकारी निर्देशक पदमा प्रा.डा. दिनेश काफ्ले नियुक्त हुनुभएकोछ । त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को डीन प्रा.डा. दिव्यासिंह शाहको सिफारिसमा त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले उहाँलाई मंगलबार कार्यकारी निर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
यसअघिका निर्देशक प्रा.डा. प्रेम खड्गाले अनिवार्य अवकाश पाएपछि त्रिविले प्रा.डा. रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक बनाएको थियो । प्रा.डा. काफ्लेले आजै अस्पताल पुगेर पदवहाली गर्नुभएको छ । उहाँको कार्यकाल ४ वर्ष रहनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

