जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मुलुकमा बुधबार १०८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्या ४९,२१९ पुगेको छ।
यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय १२ को मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३, ८८२ पुगेको छ । यो कुल संक्रमितको ६८.८ प्रतिशत हो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

