जनस्वास्थ्य सरोकार, काभ्रे । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो ।
नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरुआत गरेको हो । “बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ”, उनले भने । उनले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरेको हो ।
सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् । उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिने जानकारी दिए । “उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो”, उनले भने । उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ ।
सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए । उनले भने, “बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।” उनका अनुसार हाल नगरमा सक्रिय सङ्क्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको जनाएको छ ।
पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बीमाको प्रक्रिया थालेका छन् । लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिरहेको बताए । “प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बीमा गर्न लागेको हुँ”, उनले भने । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२ट्रेन्डिङ
