जनस्वास्थ्य सरोकार, अमरगढी । डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।
यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए । डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

