जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो।
उनलाई भदौ २४ गते कोरोना संक्रमण देखिएको थियो। त्यही दिन अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो। केही दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। उनलाई अन्य कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

