जनस्वास्थ्य सरोकार, सुनसरी । सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।
मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।
इनरुवा अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा रहेको कोरोना शंकास्पदलाई राख्ने ‘ई’ एरियामा भर्ना गरिएको थियो । इमर्जेन्सी कक्षमा भर्ना हुनासाथ उनको पीसीआर परीक्षण गरिएको थियो ।
उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार अपरान्ह साढेचार बजे मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

