जनस्वास्थ्य सरोकार, कालीकोट । कालीकोटमा कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताएका छन् ।
उनले भने,“कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब हट्नेछ ।” उनका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन । ‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको होे । प्रदेश सरकारको एक करोड ७० लाख बजेटमा विशेष अस्पताल तयार भएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज शाहीले अबका दिनमा जिल्लावासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउने छैनन् । नौवटा स्थानीय तहमा बनाइएका साबिकका क्वारेन्टिन नै अहिले आइसोलसन बनाएका छन् । ती तहले आफ्नो पालिकामा देखिएका सङ्क्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमी नहुने बताइएको छ ।
विशेष अस्प्तालमा हाल ५४ श्ययाको तयारी पूरा भएको छ । एकीकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर एक गरी जम्मा ५४ श्ययाको तयार गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालयका कटकबहादुर महतका अनुसार जिल्लामा अहिले सयजना क्वारेन्टिनमा छन् । कोरोना सङ्क्रमित तिलागुफा नगरपालिकामा मात्र २० जना आइसोलेसनमा रहेको उनले जानकारी गराए । रासस
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

