जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) काठमाडौं जिल्ला शाखा दोस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शाखाले सम्पूर्ण सदस्य, सल्लाहकार, प्रत्यक्ष अप्रत्यक्ष साथ र सहयोग गर्ने संघ, संस्था तथा विद्वत् वर्ग सबैप्रति आभार व्यक्त गरेको छ ।
२०७६ साल भाद्र २८ गते नेपाल औषधि व्यवसायी संघको विधान अनुरुप संघीय संरचनामा काठमाडौं जिल्ला शाखा स्थापना भएको थियो ।

शाखाका महासचिव शुभमान श्रेष्ठले कोभिड १९ को विश्वव्यापी महामारीले नेपाल पनि आक्रान्त बनाइरहेको विषम परिस्थितिमा सुधार र सावधानीका साथ सम्पूर्ण उपायहरु अपनाई जनता र राष्ट्रका लागि अनवरत अग्रभागमा रही सेवा गर्ने सबै व्यवसायीहरुलाई धन्यवाद दिनुभएको छ ।वर्तमान कोभिड—१९ को विषम परिस्थितिले व्यवसायीहरु समक्ष गरिएका प्रतिवद्धता पूरा गर्न नसकेकोमा शाखाले दुःख व्यक्त गर्दै भविष्यमा प्रतिवद्धता अनुरुप काम गर्ने प्रण गरेको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाडौं जिल्ला शाखाका व्यवसायीहरुको निःशुल्क कोभिड—१९ बिमा गरिने र व्यवसायी राहत कोषको विधिवत रुपमा स्थापना गरिने निर्णय भएको अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



