जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) काठमाडौं जिल्ला शाखा दोस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शाखाले सम्पूर्ण सदस्य, सल्लाहकार, प्रत्यक्ष अप्रत्यक्ष साथ र सहयोग गर्ने संघ, संस्था तथा विद्वत् वर्ग सबैप्रति आभार व्यक्त गरेको छ ।
२०७६ साल भाद्र २८ गते नेपाल औषधि व्यवसायी संघको विधान अनुरुप संघीय संरचनामा काठमाडौं जिल्ला शाखा स्थापना भएको थियो ।

शाखाका महासचिव शुभमान श्रेष्ठले कोभिड १९ को विश्वव्यापी महामारीले नेपाल पनि आक्रान्त बनाइरहेको विषम परिस्थितिमा सुधार र सावधानीका साथ सम्पूर्ण उपायहरु अपनाई जनता र राष्ट्रका लागि अनवरत अग्रभागमा रही सेवा गर्ने सबै व्यवसायीहरुलाई धन्यवाद दिनुभएको छ ।वर्तमान कोभिड—१९ को विषम परिस्थितिले व्यवसायीहरु समक्ष गरिएका प्रतिवद्धता पूरा गर्न नसकेकोमा शाखाले दुःख व्यक्त गर्दै भविष्यमा प्रतिवद्धता अनुरुप काम गर्ने प्रण गरेको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाडौं जिल्ला शाखाका व्यवसायीहरुको निःशुल्क कोभिड—१९ बिमा गरिने र व्यवसायी राहत कोषको विधिवत रुपमा स्थापना गरिने निर्णय भएको अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ


