जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा सोमबार १ हजार १७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
यसैगरी आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९,५७६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।
हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ९९३ रहेको छ । हाल ८ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार २७५ जना होम आइसोलेसनमा छन्। हाल ६ हजार ८९२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै सोमबार १०,८७८ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ५१ हजार ४०५ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

