जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अब कोरोना लागेका सबैको नि:शुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकको मात्र निःशुल्क उपचार गर्ने तयारी गरेको छ । यसअघि कोरोना लागेका सबैको निःशुल्क उपचार व्यवस्था हुँदै आएको थियो ।
स्वास्थ्य मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकले विपन्न नागरिकको मात्र निःशुल्क उपचार गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले उपचार सम्बन्धमा भन्दै आठ नम्बर बुँदामा चिह्न वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने, विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले कोभिड-१९ संक्रमित विपन्न नागरिकको मात्रै उपचार खर्च व्यहोर्ने प्रस्ताव तयार पारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘ बैठकमा कोरोना लागेका विपन्न नागरिकको मात्र सरकारले उपचार गर्ने विषयमा छलफल मात्रै भएको भएको हो, निर्णय भएको छैन ।'
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

