जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरुको मात्रै आरटी पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउने भएको छ ।
आइतबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्बाट पारित हुन बाकीँ रहेको बताउनुभयो । उहाँका अनुसार क्याबिनेटबाट निर्णय भएपछि मात्र यसबारे टुंगो लाग्ने र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले पीसीआर परीक्षण नगरे संक्रमण झन् तीव्र रुपमा फैलिने बताउनुभयो । परीक्षण गर्ने क्षमतामा कमी र खर्च बढी हुने भएकाले सरकारले यस्तो निर्णय गरेको उहाँको भनाई छ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

