जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
डा. कोइरालालाई एक्कासी ज्वरो बढेपछि गएराती काठमाडौँको चावहिलस्थित ॐ अस्पतालको आइसियू कक्षमा भर्ना गरिएको थियो ।
डा. कोइरालाको उपचारमा अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल र क्रिटिकल केयर युनिटका प्रमुख इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठ संलग्न हुनुहुन्छ ।अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले डा. कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराउनुभयो । गत भाद्र २३ गते कोरोना भाइरस पुष्टि भएपछि डा. कोइराला होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

