जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ ।
देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने भएको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बताउनुभयो । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने लेखकको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

