जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थ चौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिलाहरु उत्साहित भएका छन् ।
घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । वडावडाका स्वास्थ्य चौकीबाट बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरी स्वास्थ्यमा नागरिकको सहज पहुँच विस्तार गर्न थालिएको उनले बताए ।
प्रदेश सभा सदस्य तुलाराम घर्तीले बर्थिङ सेन्टर र प्रयोगशालाको मङ्गलबार उद्घाटन गरेपछि दुवै सेवा सञ्चालनमा आएका हुन । सो अवसरमा प्रदेश सभा सदस्य घर्तीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच विस्तार भएको बताए । प्रदेश सरकारको रु १० लाखको लगानीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
प्रसूति सेवा उपलब्ध हुन थालेपछि सामान्य औषधि उपचार र प्रसूतिका लागि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत प्रसूति सेवा सञ्चालनले गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । उनले अनिवार्य रुपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिन महिलालाई अनुरोध गरे ।
तिनाउ गाउँपालिका–२ का अध्यक्ष एवं स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा लिन सबै नागरिकलाई अनुरोध गरे । यो स्वास्थ्य संस्थाबाट तिनाउ गाउँपालिकाको मस्याम, झुम्सा, सत्यवती क्षेत्रका महिलाले प्रसूति सेवा लिने वडाध्यक्ष श्रेष्ठले बताए ।(रासस
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३ट्रेन्डिङ
६


