जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहिबार १ हजार २ सय ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५९ हजार ५७३ पुगेको छ।
यसैगरी आज थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको थियो ।
मन्त्रालयका अनुसार २४ घण्टामा १२४३ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको छ । यो कुल संक्रमितको ७१. ५ प्रतिशत हो ।
हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २४१ रहेको छ । हाल ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ९०३ जना होम आइसोलेसनमा छन्। हाल ७ हजार ८८३ जना क्वारेन्टाइनमा छन् । आईसीयूमा उपचाररत संक्रमितको संख्या १८२ र भेन्टिलेटरमा ३९ जना संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ८२ हजार ९१५ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

