जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज सूचना सार्वजनिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ ।
नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने उल्लेख छ ।
परीक्षा फारम ४ असोज देखि ३ कात्तिक सम्म भर्न सकिने छ । ४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने परिषद्ले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


