जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज सूचना सार्वजनिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ ।
नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने उल्लेख छ ।
परीक्षा फारम ४ असोज देखि ३ कात्तिक सम्म भर्न सकिने छ । ४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने परिषद्ले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

