[caption id="attachment_13490" align="alignnone" width="995"]
फाइल फोटो[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडाैं । नेपाल चिकित्सक संघले पाँच दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।
संघका महासचिव डा. बद्रि रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले डा. केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन र जीवन रक्षा गर्न माग गरेका हुन् ।
‘एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरूको अक्षरसः कार्यान्वयन नभएको भनी १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ ।
डा. केसी भदौ २९ देखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा अनशन बसिरहेका छन् । उनको यो १९औँ सत्याग्रह हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ