जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ ।
मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।वीर अस्पतालमा उपचारकै क्रममा ती पुरुषको शुक्रबार मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

