जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा शक्रबार एकैदिन हालसम्मकै उच्च २ हजार २० जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ६१ हजार ५९३ पुगेको छ।
यसैगरी आज थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको थियो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३,८२० पुगेको छ । यो कुल संक्रमितको ७१. १ प्रतिशत हो ।
हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १७,३८३ रहेको छ । हाल ९,२९५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ८ हजार ८८ जना होम आइसोलेसनमा छन्। हाल ७ हजार ७३६ जना क्वारेन्टाइनमा छन् । आईसीयूमा उपचाररत संक्रमितको संख्या १७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ९४ हजार ४०० पुगेको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

