जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ६०२ जनामा, भक्तपुरमा १०१ जनामा र ललितपुरमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
यसैगरी आज थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १,४४७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६,२३३ पुगेको छ । यो कुल संक्रमितको ७१.१ प्रतिशत हो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

