जनस्वास्थ्य सरोकार, बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो ।
मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताउनुभयो । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उहाँले भन्नुभयो । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उहाँको भनाइ छ ।
मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उहाँको छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ । आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।-रासस
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

