जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौं र भक्तपुरका दुई-दुईजना पुरुष तथा ललितपुरका एक पुरुष र एक महिलाको संक्रमणका कारण ज्यान गएको छ । यसरी पछिल्लो २४ घण्टामा उपत्यकाका ६ जनासहित १६ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कुल ११५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

