[caption id="attachment_29909" align="alignleft" width="1136"]
संकेतिक तस्बिर[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
संकेतिक तस्बिर[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उहाँले बताउनुभयो ।यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ । सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६/७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ ।
यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । उमेर समूहमा (४० देखि ४९) वर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो । यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिनुभयो । यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ । परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए ।-रासस
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२ट्रेन्डिङ
