जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर कोभिड-१९ का सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाका सक्रियको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरिएको बताउनुभयो ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नु पर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो '२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुन्छ, त्यसैले लकडाउन गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।’ बुधबारसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

