जनस्वास्थ्य सरोकार, तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान दुई संक्रमितको मृत्यु भएको छ । उनीहरू पश्चिम नवलपरासी र कपिलवस्तुका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि भदौ २७ गते बुटवल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै कोरोना विशेष अस्पतालमा राखी उपचार भइरहेको थियो । असोज २ बाट भेन्टिलेटरमा राखिएका उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । अस्पतालका अनुसार ती व्यक्तिलाई कलेजोसम्बन्धी समस्या थियो ।
त्यस्तै असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको डा. थापाले जानकारी दिए । उनलाई २ गतेदेखि नै भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १४ संक्रमित उपचाररत छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

