जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमै पहिलोपटक देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले कोरोना भाईरस (कोभिड-१९) संक्रमितहरुका लागि प्रयोग गरिने एन्टीभाइरल औषधि फाभिर २०० ट्याब्लेट उत्पादन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमतिमा पहिलोपटक फाभिर २०० नामक ट्याब्लेट उत्पादन सुरु गरेको देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.का प्रमुख हरीभक्त शर्माले जानकारी दिनुभयो ।
कोभिड-१९ को उपचारका लागि आवश्यक औषधिमध्ये फभिपिराभर ओरल ट्याब्लेट औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गर्दै आइरहेका छन ।
उहाँका अनुसार जापान, चिन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायतका देशले कोभिड १९ को उपचारका लागि अनुमति प्रदान गरिसकेको छ ।
कोभिड–१९ का बिरामिहरुको उपचार र प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानिमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था विभागबाट स्विकृति प्राप्त भएको उहाँको भनाई छ ।
महामारीको बिषम परिस्थितिमा फाभिर–२००० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मंत्रालय र औषधि व्यवस्था बिभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागी आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन कम्पनिले सम्पुर्ण तयारि गरिसकेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३ट्रेन्डिङ
४

