जनस्वास्थ्य सरोकार, बुटवल । नेपालमा पहिलोपटक काठमाडौँ बाहिर बायोमेडिकलको प्राविधिक पढाइ हुने भएको छ । प्रदेश ५ सरकारले बिरामीको उपचारमा प्रयोग हुने उपकरण मर्मतसम्हार सिकाउन बायो मेडिकल टेक्निकल इन्डस्ट्रिज सञ्चालन गर्ने भएको छ ।
चिकित्सकहरुले प्रयोग गर्ने उपकरण मर्मतमा बाहिरिएको लाखौं रकम रोक्न र युवामा रोजगारी बढाउन बायो मेडिकलको प्राविधिक पढाइ सुरु गर्न लागेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार यसका लागि रुपन्देहीको देवदहमा जग्गा व्यवस्थापन गरी प्रारम्भिक काम सुरु भइसकेको छ । जसका लागि चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले डेढ करोड रुपैयाँ विनियोजन गरिइएको मन्त्री बरालले बताउनुभयो । यसबाट ३० जना विद्यार्थीलाई निःशुल्क बायो मेडिकल प्राविधिक पढाइने उहाँको भनाई छ । कक्षा १२ पास गरेका विद्यार्थीले बायो मेडिकल प्राविधिक पढ्ने अवसर पाउने छन । अहिलेसम्म नेपालमा काठमाडौंमा मात्र बायो मेडिकल टेक्नोलोजी पढाइ हुन्छ । जुन सीटीइभिटीइ अन्तर्गत १८ महिनाको कोर्स हो । बायो मेडिकल टेक्नोलोजी पढेको जनशक्तिले उपचारमा प्रयोग हुने एमआरआई, सिटीस्क्यान, एक्सरे मेसिनलगायत स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने उपकरणहरू मर्मतसम्हार र अद्यावधिक गर्ने काम गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

