जनस्वास्थ्य सरोकार, कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो ।
उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।
क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।-रासस
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

