जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना संक्रमण मुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल मार्फत आफू कोभिड–१९ संक्रमण मुक्त भएको जानकारी दिनुभएको हो । आज गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको डा. कोइरालाले बताउनुभयो ।
'मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।' उहाँले आफ्नो फेसबुक स्ट्याटसमा लेख्नुभएको छ- 'स्वाव परिक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । चिकित्सकको सल्लाह वमोजिम अव केहि दिन होम आइसोलेशन मै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु ।अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् ।'
कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि डा. कोइराला अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

