जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार २६२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख ६८ हजार १६८ जनाको पीसीआर गरिएको छ ।
हालसम्म ५१ हजार ८०० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा १४५५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ति मध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन भने ९ हजार ५२ जना होम आइसोलेसनमा रहेका छन ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

