
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ सय ४४ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २१ जना, बाग्लुङका ३१ जना, लमजुङका १६ र नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार पोखरा महानगरपालिकाका–३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना प्रहरी, वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार र लमजुङको मध्यनेपाल–६ का स्कुलका शिक्षकमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

