जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कुल संक्रमितको संख्या ५९ लाख ९२ हजार पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट वितेको २४ घण्टामा एक हजार १२४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ लाख ५६ हजार ४०२ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४९ हजार ४१ हजार ६२८ जना कोरोनामुक्त भएका छन ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ । एजेन्सी
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

