
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीको ह्यान्ड स्यानिटाइजर माथि प्रतिवन्ध लगाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा मानव स्वास्थ्यलाई हानी गर्ने विषाक्त रसायन मिथानोलको मिश्रण भएको पाइएकोले ति ह्याण्ड स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको विभागले जनाएको छ ।
जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर सर्वसाधारणलाइए प्रयोग नर्गन विभागले अनुरोध गरेको छ।
सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्न र नगराउन निर्देशन समेत दिएको छ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

